Amargadhi-5, Dadeldhura
(+977) 9858776259, 9849925935
info@farwesternagro.com
www.farwesternagro.com

परिचय

विकासका एजेण्डाहरू बारे आजको वहसले चार पांच विषयमा घोत्लिनु पर्ने आवश्कता महशुस हुन्छ । कृषि तथा गैह्र कृषि क्षेत्रको उत्पादनमा उचित प्रविधिको छनौट, ब्यापक प्रतिभा तथा श्रम पलायनबाट रोक, भूमिको वितरण र उत्पादन पद्दतिमा सुधार, स्थानिय स्तरमा कच्चा पदार्थको उपलब्धताका आधारमा उद्योगहरूको स्थापना, देशको पहाडी क्षेत्रमा पनि उचित मात्रामा पूर्वाधार विकास आदि विषयहरूको सम्बोधनले हाम्रो आर्थिक विकासको गतिलाई तिब्र बनाउंछ । समस्या के हो भने हामीले हाम्रा विकासका अनुभवहरूको आधारमा आवश्यक एजेण्डाहरूलाई दह्रोसंग समातेर देश विकासको मौलिक बाटो (Fundamental path of Development) बनाउन सकेनौं । बिभिन्न अन्र्तराष्ट्रिय संघ संस्थाहरूका रिपोर्टहरूले हामीलाई आफैंले टेकेको जमीनको सच्चाई प्रति भ्रमित तुल्यायो । आफ्नै पसिना चुह।एका माटाका डल्लाहरू प्रति विश्वास घट्दै गयो । फलतः हाम्रो प्राथमिकता कृषि हो वा उद्योग ? सेवाक्षेत्र हो वा जलश्रोत ? वा यी सबैको सामान्यजस्यतामा हाम्रो श्रोत र अनुभवमा आधारित मौलिक बाटो ? हामी भ्रमित भईरह्यौं । अझ पनि आर्थिक विकासका प्राथमिकताहरू तय गरे पनि तिनीहरूलाई कार्यक्रमिक स्वरुप दिन सकिरहेका छैनौं ।

बढ्दो ब्यापारघाटाको क्षतिपूर्ति उत्पादनको मात्रामा हुने बृद्धिले गराउंछ । उत्पादनले नै सेवा क्षेत्रलाई बचतोन्मुख बनाउँछ र पुर्नलगानीका लागि सहज बनाउछ । तर हामीले लामो कालखण्डसम्म पनि यो बाटो अवलम्बन गर्न सकेनौं ।

कृषि क्षेत्र अपहेलित जस्तै छ । तर यो क्षेत्र सेवा क्षेत्र र हाम्रो सामर्थको उद्योग क्षेत्रको पनि रक्तसंचारको धमनी हो । कृषि क्षेत्रको अनुपस्थितिमा हाम्रा अन्य क्षेत्रहरू राम्रो परिणाममुखी हुन प्रायः असम्भव छ । फेरि कृषि उपजहरूलाई औद्यगिक कच्चा पदार्थको स्तरमा उत्पादन गर्नु र तिनलाई उद्योगसंग जोड्ने क्रममा बिभिन्न मूल्य श्रृङ्खलाहरूमा श्रमलाई आमन्त्रण गर्दै रोजगारीका समस्या सम्बोधन गर्नु हाम्रो आर्थिक मात्र होइन सामाजिक कार्यभार समेत हुन पुग्छ । उत्पादन देखि उपभोग वा निर्यातसम्मको यो श्रृङ्खलाले बजारको मागको आपूर्ति गर्नुका साथै आर्थिक क्रियाकलापको संजाल (ल्भतधयचप) बनाउदछ । यस विधिले मात्र अर्थतन्त्रमा श्रमको उपयोग हुनसक्छ । पूजींको आमन्त्रण र संचय गर्न सक्छ । बेरोजगारीको समस्या धेरै हदसम्म हल गर्न सक्छ ।

हामीले कृषि उपजहरूलाई थप मुल्य श्रृङ्खलाहरूसंग जोड्ने तमाम अवसरहरू पनि देखिरहेकाछौं । सुदूर पश्चिम, कर्णाली क्षेत्र लगायतका ठाउंहरूमा उत्पादन हुने भटमास प्रसोधन गरी तेल निकाल्न सकिने, यस क्षेत्रको मकै तथा अन्य बालिहरूको प्रसोधन उद्योग सञ्चालन गरी बिभिन्न निर्यात योग्य बस्तु उत्पादन गर्न सकिने सम्भावना प्रचुर मात्रामा छ । हामीले कुखुरा तथा पशुपंक्षीका दानाहरू, सोयाविन परिकारहरू, अग्र्यानिक तेल, पौष्टिक आहार, बिष्कुट चकलेट आदि उत्पादन गर्न यस क्षेत्रमा सहज देखेका छौं ।

तर, यसका लागि कृषि क्षेत्रलाई अझ ब्यवसायिक बनाउन र यस पेशालाई सम्मानित पेशाको रुपमा हेरिने अवस्थामा पु¥याउनु जरुरी हुन्छ । कृषिलाई उद्योगसंग जोड्ने कुरा पनि हाम्रो सन्दर्भमा नगन्य नै छ । यहि अवस्थालाई सम्बोधन गर्न, युवा रोगजारी श्रृजना गर्न, छरिएर रहेको पूंजीलाई एकिकृत गरी लगानीको मात्रामा पु¥याउने उद्देश्य राखेर यो कम्पनी फारवेष्टर्र्र्र्र्र्न एग्रो जाइन्ट लिमिटेड आर्थिक क्षेत्रमा उपस्थित भएकोछ । यसले सामाजिक क्षेत्रका नकारात्मक प्रभावहरूलाई पनि सम्बोधन गर्ने विश्वास यसका अभियान्ताहरूको छ । यो एक साझा अभियान हो । यो ब्यक्तिको व्यवसायिक अभिलाषा पूरा गर्न सहज वातावरण बनाउने उद्देश्यका लागि अभिप्रेरित छ । यस अर्थमा यो एक आर्थिक अभियान हो । यो अभियानले बिशेष रुपमा सुदूर पश्चिम र कर्णाली तथा देशको आर्थिक रुपरेखामा परिवर्तन ल्याउने छ ।

यस कम्पनिले निम्न उद्देश्यहरू परिपूर्ति गर्नका लागि आफ्ना पाइला अगाडी बढाएको छ ।

(क) सुधारिएका स्थानीय मौलिक प्रविधिहरू तथा उन्नत प्रविधिहरूको सम्मिश्रण बाट कृषि–पशु पालन र वन साथै जडीबुटीका विविध पक्षहरूको एकीकृत कार्यान्वयनबाट नमूना कृषि–वन पद्धतिको विकास गर्ने र त्यसलाई कृषि पर्यटनसंग समायोजन गरी कृषि व्यवसायलाई पर्यावरण अनुकूल, दिगो, उत्पादनमूलक र आकर्षक बनाउने ।

(ख) निजी तथा सरकारी जग्गा भाडामा लिई वा खरीद गरी जैविक खेती प्रणालीको अध्ययन, अनुसन्धान तथा विकास गरी कृषिजन्य बालीहरू (धान, मकै, गहुँ, जौं, तोरी, केराउ, भटमास, चना, दाल, चिया–कफि, किवि, स्ट्रोवेरी, अल्लो, लोक्ता, चिराईतो, फलफूल, तरकारी, मौरी पालन तथा जडिबुटी लगायत अन्य खाद्यान्न आदी बालीहरू) को व्यवस्थित रूपमा खेती गरी, गराई स्थानीय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सङ्कलन, प्रशोधन तथा बिक्री–वितरण गर्ने÷गराउने ।

(ग) बाझो जमीनको सदुपयोग गर्दै भटमास उत्पादन वृद्धि गरी आम किसानहरूको आम्दानी स्तर बढाउनु का साथै भट्मास प्रशोधन उद्योग स्थापना तथा सञ्चालनका माध्यमले युवा रोजगारी सृजना गर्ने ।

(घ) कृषि उपज हरूको जैविक खेती गरी किसान, विद्यार्थी, प्रसारकर्ता तथा अनुसन्धानकर्ता समेतका लागि स्रोतकेन्द्र निर्माण गर्ने ।

(ङ) उन्नत जातका बाख्रा–भेडा, गाई–गोरू, भैसी–राँगा, याक, चौरी, कुखुरा लगायत पशु–पन्छी पालन, बिक्री वितरण गर्नु गराउनुका साथै पशुपन्छी पालनबाट उत्पादन हुने मल–मुत्रबाट प्राङ्गारिक मल तथा बायो ग्यास उत्पादन गरी प्रयोग एवम् बिक्री–वितरण गर्ने गराउने ।

(च) वैज्ञानिक प्रविधि प्रयोग गरी कृषकहरूलाई व्यवसायिक जैबिक खेतीका बारेमा तालिम तथा प्रशिक्षण दिई नगदे बाली एवम् वेमौसमी फलफूल तथा तरकारी उत्पादन गर्ने तर्फ अग्रसर गराई विभिन्न किसिमका भटमास, मकै, फलफूल, तरकारी, च्याउ, आलु, प्याज, लसुन, साग–सब्जी उत्पादन, केरा खेती तथा मौरी पालन गरी त्यहाँको उत्पादन सङ्कलन तथा प्रशोधन गरी स्वदेश तथा विदेशमा समेत बिक्री वितरण गर्ने गराउने ।

(छ) याक, चौरी, गाई, भैसी, बाख्राको दुधबाट विभिन्न प्रकारका दुग्ध पदार्थहरू उत्पादन तथा प्रशोधन गरी बिक्री वितरण गर्ने गराउने ।


(ज) बिभिन्न कृषि फार्म, उद्योग तथा कृषकहरूद्वारा उत्पादित प्राङ्गारिक फलफूल, तरकारी, सागसब्जी लगायतका खाद्य तथा पेय पदार्थहरूको बजार व्यवस्थापन गर्न सहयोग पु¥याउने ।


(झ) बिभिन्न जातका कृषिजन्य बालीहरूका बिऊ तथा खायन जात उत्पादन का साथै संकलन गरि उक्त बालीहरूबाट बन्ने बिभिन्न परिकार जन्य उद्योग स्थापना गरी बजारीकरण गर्ने । साथै कृषिका विविध पक्षहरूमा अध्ययन, अनुसन्धान तथा तालिम सञ्चालन गर्ने गराउने, परामर्श दिने, अनुभव आदान–प्रदान कार्य गर्ने गराउने ।

(ञ) मध्यम तथा निम्न वर्गिय कृषकहरूको आर्थिक स्तर वृद्धि गर्नका लागि कृषकहरूलाई संगठित गरि कृषि समुह तथा सहकारि मार्फत आधुनिक कृषि व्यवसाय गर्न अभिप्रेरित गर्नु का साथै प्राङ्गारिक मल प्रयोग गरी खेती गर्न प्रेरित गरी आप्mनै खेतमा वा कम्पनीले खरीद गरेको वा लिज वा भाडामा लिएको खेतमा प्राङ्गारिक खेती गर्ने अवसर प्रदान गर्ने, गराउने ।


(ट) कृषि औजार तथा कृषि सामग्रीहरू, भेटनरी सम्बन्धी सामग्र्र्रीहरू स्वदेश मै खरिद गरी वा विदेशबाट आयत गरी प्रयोग एवम् बिक्री वितरण गर्ने गराउने ।


(ठ) प्राङ्गारिक प्रविधि प्रयोग गरी विभिन्न प्रकारका बोट–विरूवा, पूmलहरू, जडिबुटीहरू उत्पादन गर्ने नर्सरी स्थापना गरी विभिन्न जातिका पूmलहरू, बोट विरूवाहरू, जडिबुटीहरू उत्पादन गरी स्वदेश तथा विदेशमा समेत निर्यात गरी बिक्री वितरण गर्ने गराउने ।


(ड) नेपालको कृषि उत्पादनहरूमा बढ्दो क्रममा प्रयोग भई रहेको रासायनिक मल प्रयोगबाट कृषि उत्पादन घट्दो क्रममा रहेको, दिनानुदिन देखिने गरेका नया–नया रोगहरूलाई निरूत्साहित गर्न र प्राङ्गारिक कृषिलाई विस्तार एवम् विकास गर्न विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने, जैविक कृषि र उत्पादित खाद्य सामाग्रीहरूको खोज, अध्ययन तथा अनुसन्धान गर्नुका साथै, जैविक कृषिसंग सम्बन्धित सभा, सम्मेलन, सेमिनार, प्रशिक्षण एवं तालिम सञ्चालन गर्नु गराउनुका साथै स्वदेश तथा विदेशमा आयोजना हुने यस प्रकारका कार्यक्रमहरूमा सहभागी हुने ।


(ढ) कृषि, वन र वातावरणका विविध पक्षमा अध्ययन अनुसन्धान गरी असिञ्चित पाखो बारी तथा बाँझो जमिनको उपयोग गर्दैे उत्पादन तथा उत्पादकत्व बढाउन आवश्यक प्रविधियुक्त व्यवस्थापन प्रणाली विकास गरी प्रयोगमा ल्याउने ।

(ण) असिञ्चित पाखो बारीमा वर्षाको पानी संकलन गरी बातावरणमैत्रि, माटे पोखरीहरूमा वर्षाको पानी संकलन गर्दै जाँदा तल्लो तटीय क्षेत्रमा दिर्घकालीन रूपमा पर्ने प्रभाव तथा असरबारे अध्ययन अनुसन्धान गर्ने र उपयुक्त प्रविधिहरू विकास गर्ने ।


(त) व्यवसायिक पोल्ट्रि फार्मिङ्ग, बाख्रा फार्म, माछा पालन, सुंगुर, हाँस, अस्ट्रिच पालन गरी आधुनिक एवं बैज्ञानिक व्यवसाय संचालन गर्ने गराउने ।


(थ) जलवायु परिवर्तनका नकारात्मक असरहरूबाट बचाउदै जैविक कृषि प्रविधि–विकास तथा व्यवसाय प्रवद्र्धनमा हाँसिल भएका महत्वपूर्ण सिकाई तथा अनुभवहरूलाई स्थानीय तथा राष्ट्रिय कृषि नीति तथा कार्यक्रमहरूमा समायोजन गर्दै लैजान नेपाल सरकार तथा दातृ निकायहरूलाई पृष्ठपोषण गर्ने ।


(द) बोट, विरूवा तथा खेती वालीहरूमा लाग्ने रोगको अध्ययन, अनुसन्धान गरी निदान गर्न कृषि तथा पशुपंक्षि सम्बन्धी आधुनिक सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरी दक्ष तथा अनुभवी विशेषज्ञ तथा ल्याव टेक्निसियन नियुक्त गरी ल्यावटेष्ट गर्ने, गराउने ।


(ध) तरकारी, फलफूल, जडीवुटी, डालेघाँस, भुइँघाँस अािदको नर्सरी सञ्चालन गरी कटीङ्ग, बिरूवा उत्पादन बिक्री वितरण त्यस सम्वन्धी अध्ययन अनुसन्धान गर्नुका साथै स्थानिय स्तरमै सीपमुलक तालिमहरू प्रदान गरी रोजगारीको समेत सृजना गर्ने ।


(न) उद्योगवाट उत्पादीत सामानहरू बिक्री वितरण सप्लाई गर्ने सम्बन्धी विभिन्न टेन्डर, ठेक्का पट्टा आदिमा भाग लिने, सम्झौता गर्ने र संझौता अनुसार सामानहरू सप्लाई गर्ने आदि कार्यहरू गर्ने ।
(प) उद्योगवाट उत्पादित सामानहरू सर्व सुलभ तरिकारबाट बिक्री वितरण गर्ने एजेण्ट, डिष्ट्रिव्यूटर, डिलर, सव–डिलर नियुक्त गर्नुको साथै आफ्नै सोरूम तथा काउन्टर पसलहरू संचालन गर्ने, गराउने ।


(फ) उत्पादन तथा संकलन गरीएका फलफुलहरू, तरकारी, आलु, साग सब्जीहरू, माछा, मासु रस्टीक स्टोर तथा कोल्ड स्टोरमा भण्डारण गरी समयानुकूल बिक्री वितरण गर्ने गराउने ।


(ब) बिभिन्न किसिमका कृषिजन्य उद्योगहरू तथा प्रशोधन केन्द्रहरू स्थापना गरी बेरोजगार युवाहरूलाई रोजगारिको अवसर प्रदान गरी बेरोजगारी न्यूनिकरण तथा दक्ष उत्पादक जनशक्ति बाह्य पलायन न्यूनिकरण गर्न आवश्यक कार्य गर्ने गराउने ।


(भ) आवश्यकता अनुसार कृषि क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा तालिम दिने, विभिन्न प्रकारका गोष्ठी सेमिनार सञ्चालन गर्ने, उत्पादनमा बृद्धि गर्नका लागि नया प्रजातीका कृषिजन्य बालीहरूको अनुसन्धान तथा प्रयोग गरि कृषकहरूसम्म पुर्याउने ।


(म) कृषि सम्बन्धित विभिन्न विषयहरूमा अध्ययन, अनुसन्धान, अध्यापन गर्ने, प्रतिवेदन तयार गर्ने गराउने ।


(य) कृषि उपजहरूलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्नका लागि प्रशोधन उद्योग संस्थापना गरी उक्त उद्योग बाट उत्पादन हुने उपजहरूको बजारीकरण गर्ने तथा उत्पादनमा संलग्न कृषकलाई प्रविधि तथा प्रसारमा सहयोग गर्ने ।

Powered By: Mohrain Websoft P. Ltd.