Amargadhi-5, Dadeldhura
(+977) 9858776259, 9849925935
info@farwesternagro.com
www.farwesternagro.com
फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड
फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड
Slider Image
फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड
फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड
किसानहरुको उत्पादनलाई प्रबद्र्धन गर्दै सुदुरपश्चिम प्रदेश तथा देशकै आर्थिक विकास मा टेवा पुर्याउने उद्येश्यले स्थापित पब्लिक कम्पनि
रिफाइनरि प्लान्टको इनस्टलेसन प्रक्रिया सम्पन्न पश्चात संचालक समिति, शेयर सदश्यहरु, अमरगढी न.पा. वडा नं. १ का  वडा अध्यक्ष तथा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख ज्यू सहितको संयूक्त अनुगमन
रिफाइनरि प्लान्टको इनस्टलेसन प्रक्रिया सम्पन्न पश्चात संचालक समिति, शेयर सदश्यहरु, अमरगढी न.पा. वडा नं. १ का वडा अध्यक्ष तथा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख ज्यू सहितको संयूक्त अनुगमन

संक्षिप्त परिचय

विकासका एजेण्डाहरू बारे आजको वहसले चार पांच विषयमा घोत्लिनु पर्ने आवश्कता महशुस हुन्छ । कृषि तथा गैह्र कृषि क्षेत्रको उत्पादनमा उचित प्रविधिको छनौट, ब्यापक प्रतिभा तथा श्रम पलायनबाट रोक, भूमिको वितरण र उत्पादन पद्दतिमा सुधार, स्थानिय स्तरमा कच्चा पदार्थको उपलब्धताका आधारमा उद्योगहरूको स्थापना, देशको पहाडी क्षेत्रमा पनि उचित मात्रामा पूर्वाधार विकास आदि विषयहरूको सम्बोधनले हाम्रो आर्थिक विकासको गतिलाई तिब्र बनाउंछ । समस्या के हो भने हामीले हाम्रा विकासका अनुभवहरूको आधारमा आवश्यक एजेण्डाहरूलाई दह्रोसंग समातेर देश विकासको मौलिक बाटो (Fundamental path of Development) बनाउन सकेनौं । बिभिन्न अन्र्तराष्ट्रिय संघ संस्थाहरूका रिपोर्टहरूले हामीलाई आफैंले टेकेको जमीनको सच्चाई प्रति भ्रमित तुल्यायो । आफ्नै पसिना चुह।एका माटाका डल्लाहरू प्रति विश्वास घट्दै गयो । फलतः हाम्रो प्राथमिकता कृषि हो वा उद्योग ? सेवाक्षेत्र हो वा जलश्रोत ? वा यी सबैको सामान्यजस्यतामा हाम्रो श्रोत र अनुभवमा आधारित मौलिक बाटो ? हामी भ्रमित भईरह्यौं । अझ पनि आर्थिक विकासका प्राथमिकताहरू तय गरे पनि तिनीहरूलाई कार्यक्रमिक स्वरुप दिन सकिरहेका छैनौं ।

बढ्दो ब्यापारघाटाको क्षतिपूर्ति उत्पादनको मात्रामा हुने बृद्धिले गराउंछ । उत्पादनले नै सेवा क्षेत्रलाई बचतोन्मुख बनाउँछ र पुर्नलगानीका लागि सहज बनाउछ । तर हामीले लामो कालखण्डसम्म पनि यो बाटो अवलम्बन गर्न सकेनौं ।

कृषि क्षेत्र अपहेलित जस्तै छ । तर यो क्षेत्र सेवा क्षेत्र र हाम्रो सामर्थको उद्योग क्षेत्रको पनि रक्तसंचारको धमनी हो । कृषि क्षेत्रको अनुपस्थितिमा हाम्रा अन्य क्षेत्रहरू राम्रो परिणाममुखी हुन प्रायः असम्भव छ । फेरि कृषि उपजहरूलाई औद्यगिक कच्चा पदार्थको स्तरमा उत्पादन गर्नु र तिनलाई उद्योगसंग जोड्ने क्रममा बिभिन्न मूल्य श्रृङ्खलाहरूमा श्रमलाई आमन्त्रण गर्दै रोजगारीका समस्या सम्बोधन गर्नु हाम्रो आर्थिक मात्र होइन सामाजिक कार्यभार समेत हुन पुग्छ । उत्पादन देखि उपभोग वा निर्यातसम्मको यो श्रृङ्खलाले बजारको मागको आपूर्ति गर्नुका साथै आर्थिक क्रियाकलापको संजाल (ल्भतधयचप) बनाउदछ । यस विधिले मात्र अर्थतन्त्रमा श्रमको उपयोग हुनसक्छ । पूजींको आमन्त्रण र संचय गर्न सक्छ । बेरोजगारीको समस्या धेरै हदसम्म हल गर्न सक्छ ।

... पूरा पढ्नुहोस्

Board of Directors

डा. तारा जोशी
डा. तारा जोशी
अध्यक्ष
गन्यापधुरा गाँँऊपालिका २, डडेल्धुरा
९८४८७३३८५१
लालमणि पन्त
लालमणि पन्त
सदश्य
अमरगढी ५, डडेल्धुरा
९८५८७५२८००
पदम राज भट्ट
पदम राज भट्ट
सदश्य
जोरायल गाँँऊपालिका. १ डोटी
९८५८४२५५८६
दिल बाहादुर सिंह
दिल बाहादुर सिंह
सदस्य
जय पृथ्वी नगरपालिका ५, बझाङ
प्रकास दत्त भट्ट
प्रकास दत्त भट्ट
सदस्य
भिमदत्त नगरपालिका ६ कंञ्चनपुर
सकुन्तला नगरकोटी
सकुन्तला नगरकोटी
सदश्य
अमरगढी ५, डडेल्धुरा
९८५१२३७१७१
करन सिंह साउद
करन सिंह साउद
सदस्य
शिवनाथ गाँँऊपालिका २ बैतडी

अध्यक्षको मन्तब्य

कृषि क्षेत्र हाम्रो आर्थिक विकासको मेरुदण्ड हो । यसले गार्हस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको छ । तर हाम्रो सन्दर्भमा कृषि क्षेत्रमा व्यवसायिकीकरण र यान्त्रिकीकरण उचित र आवश्यक रुपमा हुन सकेको छैन् । कृषिलाई उद्योगसंग जोडने कुरा त नगन्य नै छ, तर भूमिको वितरण र उपभोगमा सहजताका लागि केहि कानूनहरू निर्माण गर्दै कृषि कर्मलाई ब्यवसायिक बनाउने, यसलाई प्रबिधिसंग जोडने र कृषि उत्पादनलाई उद्योगसंग संयोजन गर्दै अगाडी बढ्नु आजको आवश्यकता हो ।

आज देशले ब्यहोरी रहेको व्याापारघाटालाई पनि यिनै एजेन्डाहरूको कार्यान्वयनले मात्र न्यूनिकरण गर्न सक्छ र थप रोजगारी श्रृजना गर्न सक्छ । कृषिको व्यावसायिकीकरण गर्दा देखिएका चुनौतिहरू भनेको यस पेशालाई मर्यादाका आँखाले हेर्न नसक्नु पनि हो । आजका युवाहरू कृषिलाई नै आफ्नो मूल पेशा बनाई रहेका छैनन् । ‘स्थायी पेशा नअंगालुञ्जेलसम्मका लागि मात्र’ कृषि भन्ने मनोविज्ञानले यस क्षेत्र प्रतिको सम्मान के छ भन्ने कुराको ज्ञान भईरहेकै छ । त्यसकारण कृषि क्षेत्रमा व्यावसायिकता, यान्त्रिकता र अनुसन्धानको आवश्यकता मात्र होइन यस क्षेत्रको सम्मान गर्न एक सामाजिक र मनोबैज्ञानिक आन्दोलनको अभियान पनि आवश्यक छ ।

यस्तै आवश्यकताहरू पूर्तिकालागि हामी देशको आर्थिक क्षेत्रमा दह्रोसंग उपस्थित भएका छौं । हाम्रो औद्योगिकताको कमजोरी के पनि हो भने हामी हाम्रा भएका उद्योगहरूका लागि पनि कच्चा पदार्थ देश बाहिरबाट आयात गर्दछौं । संभव हुँदा हुँदै पनि त्यतातिर हाम्रो ध्यान गएको छैन । कच्चा पदार्थ आयात गरेर खोलिने उधोगहरूले व्यापार सन्तुलनमा खासै ठूलो योगदान दिदैनन् भने रोजगारी श्रृजना गर्ने काममा पनि न्यून उपलब्धी नै रहन्छ । यस तथ्यलाई ह्रदयंगम गर्दै हाम्रो अभियानमा उद्योगलाई चाहिने कच्चा पदार्थको उत्पादन स्थानिय स्तरमै गर्ने उद्देश्य छ । यसले स्थानिय कृषक र उपभोक्तालाई उद्योगसंग जोड्ने र उद्योग वा कम्पनी स्थानिय समुदायसंग जोडिने हुन्छ । यसले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने आशा गरेका छौं ।

युवाहरूको पलायन देशको विकास र सम्बृद्धिका लागि अवरोधकको रुपमा खडा हुदैछ । हामीले श्रम र जनशक्तिको पलायनलाई रोक्ने अभियान स्वरुप पनि यो कदम चालेका छौं । युवाहरूलाई आफ्नो देश र पाखुरी प्रतिको विश्वास नवढाएमा हाम्रो दायित्व पुरा हुदैन । हामी यहि अभियानका साथ निस्केका छौं । यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं ।

- डा. तारा जोशी  
अध्यक्ष  
फार–वेष्टर्न एग्रो जाइन्ट लिमिटेड
Our Services
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam
Service One
Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Iure facilis saepe cupiditate voluptas quam repudiandae doloremque aperiam

Photo Gallery
Meeting
IMG_2757
IMG_2762
5
years of experience
777
share holders
3
production halls
150
individual products
Powered By: Mohrain Websoft P. Ltd.